Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध सामुदायिक वनमा नेतृत्व विकास र वारिष्टा तालिम

बुद्ध सामुदायिक वनमा नेतृत्व विकास र वारिष्टा तालिम

images
  • बुद्ध सामुदायिक वनमा नेतृत्व विकास र वारिष्टा तालिम
    images
    images

    देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित उद्घोषणकला तथा नेतृत्व विकास र वारिष्टा तालिम मंगलवार समापन गरिएको छ । एक औपचारिक कार्यक्रम बीच तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको वनले जनाएको छ । 

    images
    images
    images

    पुष २७ बाट सुरु भएको २० दिने वारिष्टा तालिम र माघ २७ बाट सुरु भएको एक हप्ते उद्घोषणकला तथा नेतृत्व विकास तालिममा सहभागी ४० जनालाई प्रमाणपत्र प्रदान गरिएको वनका अध्यक्ष टेक बहादुर रानाले जानकारी दिए । 

    images
    images
    images

    वारिष्टा तालिमको सहजीकरण माछापुच्छ्रे वारिष्टा तथा कफी स्कुल र उद्घोषणकला तथा नेतृत्व विकासको सहजीकरण सेतोमसी मिडिया नेटवर्क प्रालिले गरेका थिए । 

    images
    images
    images

    दुवै तालिममा २०-२० जना सहभागी रहेको वनकी सचिव राधिका अर्यालले जानकारी दिइन् ।

    तालिम समापन कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय देवदहका कार्यालय प्रमुख पुष्पराज श्रेष्ठले सामुदायिक वन समुदायकै भएको बताए । उनले वनलाई स्वरोजगारसंग जोड्ने र नेतृत्व विकास सम्बन्धी व्यवहारिक तालिम उपभोक्तालाई दिने कार्यको प्रसंशा गरे । 

    कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव सनु थापा, सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेल, माछापुच्छ्रे वारिष्टा तथा कफी स्कुलका प्रिन्सिपल भानुभक्त पंगेनी, बुद्ध वनका उपाध्यक्ष थमनसिङ गुरुङ लगायतको उपस्थिति रहेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।