Logo

२०८३, श्रावण ३०गते


images
images

विचार

डा. बाबुराम भट्टराईलाई पत्र : 'तपाईं नेपालको देङसाओपिङ बनेको देख्न चाहान्छु'

डा. बाबुराम भट्टराईलाई पत्र : 'तपाईं नेपालको देङसाओपिङ बनेको देख्न चाहान्छु'

images
  • डा. बाबुराम भट्टराईलाई पत्र : 'तपाईं नेपालको देङसाओपिङ बनेको देख्न चाहान्छु'
    images
    images

    प्रीय नेता
    अभिवादन !

    images
    images
    images

    तपाईं देशले आशा र भराेसा गरेको नेता हो । तपाईंले माक्र्सवाद, लेनिनवाद, माओवाद भनेर लाखौंलाख नेता, कार्यकर्ता र जनतालाई २०५२ साल फाल्गुन १ गतेदेखि जनयुद्ध घाेषणा गरेर युद्धमा हाेमेकाे हाे कि हाेइन ? जनयुद्धमा हजारौं याेद्वाले तपाईंहरूको कारण आफ्नो जिउकाे वलिदान दिएको हाे कि हाेइन ? चुनवाङ बैठकले तपाईंको शान्ति सम्झौता, संविधानसभाबाट संविधान, समावेशी-समानुपातिक प्रतिनिधित्व, एकात्मकबाट संघात्मक शासन प्रणाली, लाेकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको राजनीतिक कार्यदिशा प्रचण्डका कारण पास भएर आजसम्म याे अवस्थामा आउँदा तपाईं अहिले कहाँ हुनुहुन्छ?

    images
    images
    images

    जनयुद्ध र जनआन्दोलनका घाइते, अशक्त, वेपत्ता र अभिभावकबिहिन सहिद परिवारलाई पुर्णतः ब्यबस्थापन नगरि तपाईं कहाँ बरबराउदै हिडिरहनु भएको छ ? कम्युनिस्ट बनेर हजारौं मान्छे क्रान्तिमा हाेम्ने अनि 'संसारमा कम्युनिस्ट काम छैन, याे विचार छोडें भनेर हिड्ने' तपाईंलाई बेइमान भन्ने कि नभन्ने ?  

    images
    images
    images

    तपाईंकाे विज्ञता र तपाईंको नेतृत्वको सरकारले देशले फड्को हान्ने आशा, भराेसा र विश्वास जागेको थियोे । तर तपाईं दक्षिणकाे दबाबका कारण समृद्धिकाे खाका र याेजना भएको मानिस नयाँ शक्ति भन्दै पुरानोलाई घर राताे स्टिकर लागेकाे दाेषाराेण गर्नुभयो र आन्दोलनबाट बाहिरिनु भयो । इतिहासमा स्वर्णिम अक्षरले तपाईं र तपाईंको याेगदानकाे लेखिनेवाला थियोे । तर तपाईंले  ठुलो अवसर गुमाउनु भयो र माओवादी आन्दोलनलाई धाेका दिनुभयो । अहिलेसम्म  भिमसेन थापा र राजा महेन्द्रपछिको विज्ञ नेता तपाईं हो र विकास, याेजना र समृद्धिकाे भिजन तपाईमा अदभूत छ । तर तपाईंले आफैलाइ चिन्न सक्नुभएन । तपाईंजस्तो विद्वानले भियतनामका हाेचिमिन्ह, फिडेलकाष्टाे, लेनिन, माओ, लाओस उत्तरकाेरिया, देङसाओपिङ सबैकाे बारेमा अध्ययन पक्कै गर्नुभएको हाेला किनकि तपाई त्यहीँ दर्शनबाट दिक्षित भएर माओवादी जनयुद्धमा जानुभयो ।

    शान्ति प्रक्रियाबाट आएपछि २०६५ काे प्रचण्डकाे नेतृत्वको पहिलो गणतन्त्र नेपालकाे प्रथम सरकारकाे अर्थमन्त्री भएर ३०० प्रतिशत राजश्व उठाउँदा अनुमानवादी विज्ञ खल्लो भएका थिए । सफल यात्रा सुरुवात भयो । त्यस सरकारका विरुद्ध षड्यन्त्र गरि ९ महिनामा ढलाइयाे । तपाईं स्थापित नेता भएको कहि कतै लुकेको छैन । तपाईं प्रधानमनत्री हुँदा सरकारले गरेका सडक संजाल र सडक फराकिलो पार्ने अभियान दिर्घकालिन अर्थ राख्ने खालका थिए । जसले समृद्ध शहर निर्माणको नागरिकको हुटहुटीमा नयाँ आशाको संचार गरेकै हो । 

    तर शान्तिप्रक्रियाका बाँकी काम छाडेर छिमेकीको इसारामा तपाईं भड्किनु भयो । आफुले थालनी गरेको आन्दोलनकाे सबै ब्यबस्थापन नगरि भाग्नु राजनैतिक बेइमानी हाे । तपाईंको राजनैतिक बेइमानीका कारण याे आन्दोलन र आन्दोलनबाट व्यवस्था परिवर्तन गर्न गरिएको संघर्षलाई घृणा गर्दै  प्रतिगामी शक्ति सामुन्ने १९ बुदे ज्ञापनपत्र दिनुभएछ । यो बाघको अगाडि हरिण आफुलाई सुरक्षित गर्न विन्तिपत्र चढाए जस्तो हाे ।  

    तपाईंजस्तो विद्वानलाई मैले सिकाउनु पर्दैन । तपाईंसंग क्षमता छ । यो  देशको आर्थिक वृद्धि र समृद्धिकाे डिपीआर (detail project report - DPR) तयार गर्नुस्  । जुन रोडम्याप र डिपीआर नेपालका विश्वविधालय, राजनीति दल, विज्ञ, मजदुर, किसानले अध्ययन गरून् र साेधपत्र बनाेस् । बाबुरामप्रति आशा र भराेसा भएर मात्र मैले खुलापत्र लेखेको छु । यसले तपाइ र तपाईंको जीवन सफल हुनेछ र याे धर्ति रहेसम्म अमर तपाईंलाई बनाउनेछ । 

    तपाईंलाई अझैपनि नेपाली जनताले पुरानो आन्दोलनमा फर्केर देश समृद्धि बनाउन सक्ने क्षमता राख्ने नेता मानेका छन् । जीवनमा अनेक गल्ती हुन्छन् । तर गल्ती स्वीकार गरेर पुन: सच्याउनु बुद्धिमानी नै हुन्छ । प्रचण्ड र तपाईंको पुन: सहकार्यले देशलाई एउटा उचाइमा पुर्‍याउने छ । समृद्धि धेरै टाढा छैन । प्रचण्डकाे १८ महिने सरकारले नेपाली जनतामा फेरि आशा र भराेसा जगाएकाे छ । सहकार्यसहित सम्पूर्ण शक्ति जाेडिएमा नेपाल विकसित राष्ट्र बन्ने झिल्का देखिएका छन् । 

    विन्तिपत्र तपाईंले चढाउने हाेइन, तपाईंले बुझ्ने हाे । म यहाँलाई विना पुर्वाग्रह अगाडि बढन अपिल गर्दछु । म तपाईंलाई नेपालको देङसाओपिङ बनेको देख्न चाहान्छु । देङ कहिल्यै नेतृत्वमा नभएपनि आज उहाँकाे अर्थनीतिकै कारण चीनले संसारलाई अचम्मित बनाएको छ । देङ भाैतिकरुपमा जीवित हूनुहुन्न तर उहाँ अमर हूनुहुन्छ । तपाईं देशको आर्थिक वृद्धि र समृद्धिकाे डिपीआर तयार गर्नुस् । नेपाल र नेपालीको देङसाओपिङ बन्नुस् । पृथ्वी रहेसम्म बाचिरहनुहोस् । 

    तपाईंको शुभचिन्तक !
    कृष्णप्रसाद  बन्जाडे
    बुटवल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।