Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : माओवाद ढलेको हो गर्लम्म 

कविता : माओवाद ढलेको हो गर्लम्म 

images
  • कविता : माओवाद ढलेको हो गर्लम्म 
    images
    images

    कविता : माओवाद ढलेको हो गर्लम्म 

    images
    images
    images

    जब मक्किन थाल्यो 
    सिद्धान्तका बलिया खम्बाहरु
    जब चुँडिन थाल्यो 
    जन आस्थाका लचकदार डोरिहरु 
    तब न ढलेको हो माओवाद गर्लम्म।

    images
    images
    images


    हो गाँसिएनन जनजिविकाका सवालहरु पर्खालमा 
    जोडिएनन सर्वहारा मजदुर वर्ग पार्टीमा 
    अटाएनन ईमानदार कार्यकर्ता घर भित्र
    तब न ढलेको हो माओवाद गर्लम्म ।

    images
    images
    images


    जब चोइटिदै गयो भातृ संगठनका दलिनहरु
    कुहिदै गए मुक्ती आन्दोलनका निदालहरु
    जब रहेनन जनताको माया रुपि छानोहरु झुपडीमा 
    निभ्न थाल्यो बिस्तारै भरोसाको दियालो।
    तब न ढलेको हो माओवाद गर्लम्म ।


    विचार ढलेको होईन
    सिद्धान्त मरेको पनि होइन 
    केवल 
    ढलेका हुन केही स्वार्थीहरु।
    कहिल्यै नउठ्ने गरि सुतेका हुन दलालहरु ।


    हो यहाँ गल्ती कसैको छैन
    पुँजिवादको चर्का नारा दिएर 
    गलामा सुनको सिक्री झुण्ड्याउने एकहुल छ।
    सर्वहाराको नाम दिएर 
    रातारात महल ठड्याउने अर्को हुल छ
    पजोरोमा सरर आफू हुइकिदा
    ठेलावालालाई हिलो छ्याप्ने तेस्रो हुल छ
    तब न ढलेको हो माओवाद गर्लम्म ।
    तब न ढलेको हो माओवाद गर्लम्म । 

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ ५ सामरी, नुवाकोट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।