देवदह । रुपन्देहीको देवदहमा क्रियाशील उज्यालो लाल्टिन प्रतिष्ठानले रचना वाचन गरेको छ । विविध विधामा कलम चलाइरहेका सात जना साहित्यकारहरूले शनिबार देवदहमा रचना वाचन गरेको प्रतिष्ठानका अध्यक्ष समज्ञा अधिकारीले जानकारी दिइन् ।
‘उज्यालोमा श्रष्टा’ लेखिएको ब्यानरमा आयोजित कार्यक्रममा रचना मार्फत साहित्यकारहरूले देशको समसामयिक परिवेशलाई समेट्दै प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सुनसरीबाट साहित्यकार भवानी नेपाल, रूपन्देहीबाट कवि दीप मिलन, गोरखाबाट गजलकार आर.सी संकल्प, मोरङबाट राज यात्री लम्साल, म्याग्दीबाट सरोज संगम, गुल्मीबाट ईन्धन डि बी भण्डारी र पाल्पाबाट पूजा जिज्ञासुले रचना वाचन गरे ।
कार्यक्रममा देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराई, अनुराग साहित्य समाजका अध्यक्ष यमलाल अर्याल, युगीन साहित्य समाजका पुर्व अध्यक्ष यज्ञ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
देवदह नगरपालिका र यति ब्रुअरी लिमिटेडको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा देवदहमा क्रियाशील युगीन साहित्य समाज र अनुराग साहित्य समाजले सहयोगी संस्थाको भूमिका निर्वाह गरेका थिए ।
देवदहमा एम्बुलेन्स सेवासमेत संचालन गरिरहेको उज्यालोले पुस्तक विक्री लगायतका कार्यक्रम गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology