Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचनका लागि रास्वपाले खटायो नेता, इच्छुकले २५ गतेसम्म नाम दर्ता गर्नसक्ने

उपनिर्वाचनका लागि रास्वपाले खटायो नेता, इच्छुकले २५ गतेसम्म नाम दर्ता गर्नसक्ने

images
  • उपनिर्वाचनका लागि रास्वपाले खटायो नेता, इच्छुकले २५ गतेसम्म नाम दर्ता गर्नसक्ने
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

    images
    images
    images

    कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

    images
    images
    images


    निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि बनाइएको छ । स्थानीय तहमा हुने उपनिर्वाचन हुने स्थानमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आजदेखि नाम दर्ता गर्न सक्ने केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए । उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि २५ कार्तिकसम्मका लागि तय गरिएको छ ।

    images
    images
    images

    २५ कार्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गरिने रास्वपाले जानकारी गराएको छ । प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय २६ कार्तिकका लागि तोकिएको छ । २७ कार्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।


    एकभन्दा बढी उम्मेदवार इच्छुक रहेका स्थानमा प्रारम्भिक निर्वाचन गर्न २८ कार्तिकको साँझ ७ बजेको समय तोकिएको छ । उम्मेदवारको नाम २९ कार्तिकमा प्रकाशित गरिने रास्वपाले जनाएको छ ।


    १६ मंसिरमा ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।