देवदह । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोख्रेल नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको बजेट परिमार्जन गर्ने संकेत गरेका छन् । बजेट परिमार्जन तर्फ संकेत गर्दै केसीले बर्तमान सरकारले निर्माण गर्ने बजेटमा जनताले आफ्ने छायाँ देख्ने दाबी गरे ।
शनिबार रुपन्देहीको देवदहमा उद्योग व्यापार संघ देवदहको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले विगतमा विकास बजेटमा राजनैतिक रंग देखिने गरेको उल्लेख गरे । 'वर्तमान सरकारले राजनैतिक आस्थाका आधारमा विकासलाई पक्षपोषण गर्दैन' - उनले भने ।
प्रदेशवासी जनताको दुखेसो सोझै सुन्न र समस्या समाधान गर्न प्रदेश सरकारका संयन्त्रहरुलाई निर्देशन दिइसकेको जानकारी दिँदै उनले वर्तमान सरकारले सपनाको महल देखाएर कुशासन थोपर्ने परिपाटीको अन्त्य गर्ने बताए ।
सहिदलाई सम्झिदै मुख्यमन्त्रीले भने - 'हामीलाई गल्ती गर्ने छुट छैन'
वर्तमान सरकार हजारौँ शहिदहरुको बलिदान र लाखौं जनताको संर्घषको जगमा उभिएकाले कुनै आफुलाई गल्ती गर्ने छुट नरहेको बताए । जनताले महसुस गर्ने गरी विकास निर्माण र सेवा प्रवाह गरेर स्थानिय र प्रदेश सरकारको औचित्य पुष्टि गर्नेमा जोड दिंए ।
वर्तमान सरकारले लुम्बिनी प्रदेशलाई सबल र आत्मनिर्भर बनाउने योजनामा अघि बढेको बताएका छन् । जनपक्षिय काम गरेर एक बर्ष भित्र संघियताको औचित्य पुष्टि गर्ने दाबी केसीले सहिद बलिदानलाई खेर जान नदिईने बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संघका बरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालले उद्योगी व्यवसायीहरु स्वाधिन अर्थतन्त्र निर्माणमा लाग्नु पर्नेमा जोड दिए । उत्पादनमा आधारीत व्यवसाय सञ्चालनमा जोड दिनुपर्ने धारणा राख्दै उनले व्यवसायीहरुलाई त्यसतर्फ सोंच्न आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा उद्योग व्यापार संघका उपाध्यक्ष मनिष कुमार जोशीले उद्योग व्यापार संघले देवदह क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेलेको बताए । एउटा कोठाबाट संगठन सुरु भएको स्मरण गर्दै संगठनको नेतृत्वमा मेला महोत्सव हुनु गौरवको बिषय भएको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, अन्य व्यवसायी संस्थाका प्रतिनिधि लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology