देवदह। वाढीका कारण पुल भासिदा अबरुद्ध बनेकाे पुर्वपश्चिम लाेकमार्गकाे बुटवल देवदह खण्ड सुचारू भएकाे छ । अविरल बर्षाका कारण गत भदाै ११ गते घाेडाहा खाेलाकाे पुल भासिएकाे थियाे ।
पुल भासिए संगै अबरुद्ध बनेकाे पुल बिहिवार साँझ डाइभर्सन बने संगै सुचारू भएकाे हाे । सडक सुचारू भएपछि सहज रूपमा सवारी साधन आवतजावत गर्न थालेकाे प्रहरीले जनाएकाे छ । सडक अबरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयाेग गर्न भनिएकाे थियाे ।
लाेकमार्गकाे बुटवल देवदह खण्ड सञ्चालनमा आए पनि सुनवलकाे तुरिया खाेला पुल पनि भाँचिएका कारण पुरै सञ्चालनमा आउन भने समय लाग्ने भएकाे छ ।
वेलिव्रिज जडानकाे काम भइरहेका कारण सडक सञ्चालनमा आउन करीब एक हप्ता लाग्ने प्रहरीले जनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology