Logo

२०८३, श्रावण २७गते


images
images

जोखिमकै बीच देवदहभित्रका  बिद्यालय आइतबारदेखि  खुल्ने

जोखिमकै बीच देवदहभित्रका  बिद्यालय आइतबारदेखि  खुल्ने

images
  • जोखिमकै बीच देवदहभित्रका  बिद्यालय आइतबारदेखि  खुल्ने
    images
    images

    देवदह  । कोरोना भाइरसको  महामारीका कारण तिन महिनादेखि रूपन्देहीका विद्यालय सञ्चालनमा आएका छैनन् । केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भए पनि अनलाइन विधिबाट पठनपाठन तेती प्रभाकारी नभएको अवस्ता छ ।

    अनलाइन विधिबाट अध्यापन गराउदा मोबाइल, ल्यापटप, जस्ता बिद्युतिय उपकरणको बढी प्रयोगले गर्दा केहि विद्यार्थीमा आखा र टाउकोमा समस्या देखा परेको छ । भित्रि दुर्गम गाउँमा अहिलेसम्म पनि केही विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने केही शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन । कोभिड – १९ को जोखिमको बिचमै बिभिन्न जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न तयारी गरिएको छ ।

    रूपन्देहीको देवदह नगरपालिकाले पनि भदौ २७ गते आइतबार देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। देवदह नगर समितिको भदौ २० गते बसेको बैठकले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।


    " दुइ सिफ्ट गरि कक्षा संचालन गर्छौं " - केरवानी मावी, देवदह

    केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माले कोभिड – १९ को महामारीले शिक्षा क्षेत्रमा शैक्षिक क्षति भएको बताए । "हामिले विद्यालयलाई दुइ सिफ्ट गरि कक्षा संचालन गर्ने योजना बनाएका छौ" - उनले भने । केहि विद्यार्थीलाई बिहानको समयमा र केहिलाइ दिउँसो बोलाएर अध्यापन गराउने केरवानी माविको तयारी छ । सामुदायिक विद्यालय भएका कारण यदि कोही विद्यार्थी मास्कबाट बञ्चित छन् भने उक्त विद्यालयले निशुल्क मास्क समेत उपलब्ध गराउने छ ।


    "स्वास्थ्यकर्मीको निगरानीमा अध्यापन गराउने छौ" सगरमाथा आवासीय मावी, देवदह

    देवदहकै सगरमाथा आवासीय विद्यालय भने बिद्धालयमै स्वास्थ्यकर्मी खटाउने भएको छ । प्रधानाध्यापक कृष्ण पौडेल सेतोमसीलाइ जानकारी दिए अनुसार स्वस्थ मापदण्ड अपनाएर सगरमाथाले अध्यापनलाइ निरन्तरता दिने छ ।  विद्यालयका अनुसार एक बेन्चमा दुइ विद्यार्थी राखेर दुई सिफ्ट गरि कक्षा संचालन गर्ने छौ र बिद्धार्थीहरु गेटमा प्रबेस गर्दा सेनिटाइजर् लगाउने छन् र शिक्षकहरुद्वारा मास्क पनि चेकजाँच गरिने छ ।



    बिद्यालय खोल्न हतार नगर्न अभिभावकको आग्रह

    images
    images
    images

     

    images
    images
    images

    यता अभिभावकहरूले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरेका छन् । स्थानीय अभिभावक रुपा क्षेत्रिले देवदह क्षेत्रमा जोखिम कायम रहेको, चाडपर्व आउन लागेको र सबैले खोप नलगाएको कारण तत्काल विद्यालय खोल्न नहुने बताईन् । भौतिक रूपमा विद्यालय बन्द भएता पनि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिन सकिने उनको भनाइ छ ।

    देवदह नगरपालिका शिक्षा शाखाका प्रमुख टिकाराम शर्मादले भदौ २७ गते आइतबारदेखि बिद्यालय संचालनको व्यवस्था मिलाउन बिद्यालयहरुलाई अनुमति दिएको र सोहि अनुसार बिद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिद्यालय संचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको सेतोमसीलाई  बताए ।

    images
    images
    images

    (सेतोमसीका लागि सहकर्मी रेशम अधिकारी र नवीन लुइँटेलले तयार पारेको रिपोर्ट)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।