Logo

२०८३, श्रावण ३०गते


images
images

लायन्स क्लब र संचारमाध्यमबीच सहकार्य 

लायन्स क्लब र संचारमाध्यमबीच सहकार्य 

images
  • लायन्स क्लब र संचारमाध्यमबीच सहकार्य 
    images
    images

    भैरहवा । समाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब र संचारमाध्यमबीच सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिइएको छ । लायन्स अगुवा र संचारकर्मीबीच भएको अन्तरक्रियामा वक्ताहरुले सधै समाज रुपान्तरण र सेवामा खटिने लायन्स र संचारकर्मीबीच सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । 

    images
    images
    images


    आइतबार लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लायन्स डिस्ट्रिक ३२५ बी टु नेपालका गभर्नर रामप्रसाद भट्टले लायन्सका हरेक क्रियाकलापलाई संचारमाध्यमले प्राथमिकता दिएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । आफुहरूले गरेका सकारात्मक गतिविधिलाई मिडियाले स्थान दिँएको म उनले खुसी व्यक्त गरे  । उनले सामाजिक क्षेत्रमा संचारमाध्यमले उठाएका विषयवस्तुलाई लायन्स क्लबहरुले चासोसाथ हेर्ने र आवश्यक ठाउँमा सहयोग गर्दै आएको बताए । 

    images
    images
    images

    लयान्स इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले यस क्षेत्रका पत्रकारहरु र लायन्सबीच सधै सकारात्मक सम्बन्ध रहेको जनाउँदै लायन अभियानलाई सार्थकता प्रदान गर्न संचारमाध्यमले ठूलो टेवा पुर्याएको बताए । आउँदा दिनहरुमा लुम्बिनी प्रेस क्लबसँग सहकार्य गरी समाज सेवामा लायन्सका सदस्यहरु लाग्ने 

    images
    images
    images


    यसैबीच लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले लुम्बिनी प्रेस क्लबको सहकार्यमा ‘सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गरेको छ । एक लाख राशीको उक्त अक्षयकोषबाट प्रत्येक वर्ष सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गरिने अध्यक्ष गिरीले बताए । 


    अक्षयकोष स्थापनाका लागि आइतबार ग्रिन सिटी अध्यक्ष गिरी र प्रेस क्लब अध्यक्ष नरेश केसीबीच सम्झौता भएको छ । कार्यविधि बनाएर प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गरिने छ । ग्रिन सिटीले प्रेस क्लबलाई अक्षयकोष वापतको एक लाख रुपैयाँको चेक हस्तान्तरणसमेत गरेको छ । 


    भैरहवामा जन्मियो नयाँ लियो क्लब 

    भैरहवामा नयाँ लियो क्लब स्थापना भएको छ । नरेन्द्र केसीको अध्यक्षतामा क्लब स्थापना भएको हो । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीको स्पोन्सरमा क्लब स्थापना भएको अध्यक्ष गिरीले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा सृष्टि पन्थी, द्वितिय उपाध्यक्षमा रमेशजंग बस्नेत, तृतिय उपाध्यक्षमा सुभाष पौडेल, सचिवमा अस्मिता केसी, कोषाध्यक्षमा एलिना आचार्य, सह–सचिवमा अंकित गुप्ता र सह–कोषाध्यक्षमा प्रमिश थापा छन् । यस्तै, सदस्यहरुमा सीमाना न्यौपाने, सरोज केसी, दीलिप रायमाझी, मोहन क्षेत्री, असिम जिसी, केशव जिसी लगायत छन् । 


    प्रेस क्लबको भवन निर्माणमा सहयोग गर्ने


    यसैबीच लायन्स क्लबले लुम्बिनी प्रेस क्लबको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । लायन्स इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले यहाँ आयोजित कार्यक्रममा क्लबको एउटा फल्याट निर्माणमा लायन्स क्लबहरुले संयुक्त सहयोग गर्ने बताए । 


    क्लबको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा भवन निर्माणाधीन छ । लायन्सहरुको सहकार्यमा निर्माणाधीन भवनको फल्याटको सम्पूर्ण काम गरिने न्यौपानेले बताए । कार्यक्रममा संयोजक रोशन शर्माले स्वागत, कार्यक्रममाथि श्रीबहादुर रायमाझी प्रकाश पारेका थिए भने ध्वजा अभिवादन विना पौडेल र संचालन थानेश्वर पाण्डेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।