राहुल देव सापकोट, देवदह । चाडपर्व नजिकिए सङ्गै आफ्नो गाउँघर र टोल सरसफाइ अभियान सुरु भएको छ । गाउँमा पिङ्ग हाल्ने, विभिन्न मठ मन्दिरमा पुजा पाठ हुने तथा विभिन्न सांस्कृतिक कार्यक्रमले अझ गाउँमा चाडपर्व आउनुको व्यग्लै रौनक देखाइरहेको हुन्छ ।
यद्यपि पछिल्लो समय कोरोना महामारीका कारण इ यस्ता रमझम ओझेलमा परिरहेको अवस्था छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारबाट फर्किएका युवाहरु वेरोजगार मात्र होइन, गाउँका सामाजिक कार्यमा पनि सहभागी हुन न सकेको अवस्था छ ।
तर देवदहमा अवस्थित जागरुक युवा समूह शितलनगरका युवाहरुले पाटिपौवा, प्रतिक्षालय र गाउँ टोल सरसफाइ अभियान विगतको दुई साता देखि सुरु गरेका छन । सामाजिक कार्यमा युवा सहभागीता पछिल्लो समयमा कम हुँदै गएकाले युवाहरुलाइ एकीकृत गरेर सामाजिक कार्यमा लगाउनु मुख्य उद्देश्य रहेको बताउछन जागरुक युवा समूह शितलनगरका अध्यक्ष सुरज पान्डे ।
समाजिक मुल्य मान्यतालाई जोगाउन आवश्यक रहेको र आफुहरु यसरी नै निरन्तर सामाजिक कार्यमा लाग्दै जाने अर्का युवा अमृत अर्यालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology