देवदह । रुपन्देहीको देवदहमा प्रतिमान निमा मेमोरियल फाउन्डेसनद्वारा कोभिड १९ क्राइसिस सपोर्ट एन्ड रिलिफ इन नेपाल अन्तर्गत कोभिड १९ बाट प्रभावितका लागि स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।
१० लिटरको अक्सिजन कन्टेनर (१ थान ), फेस सिल्ड ६७ थान, स्यानिटाइजर ५ लिटर, मास्क २५० थान, पिपिइ २३ थान, पन्जा २००० थान , ग्लोन आइसोलेसन २० थान यन ९५ डिस्पोजएबल मास्क २०० थान गरि २ लाख बढिसम्मको समान बितरण गरिएको उक्त संस्थाका निर्देशक धर्म बाहादुर केसीले बताए ।
पुर्व स्वास्थमन्त्री एवम् प्रतिमान निमा फाउन्डेसन संस्थाका उपाध्यक्ष दिपक बोहोराको विषेश उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री, नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ, वडा नं ७ का वडा अध्यक्ष पदम थापा, राप्रपा देवदहका अध्यक्ष मादव रिमाल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology