राहुल देव सापकोटा, देवदह । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली काँग्रेसको देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित भएका छन ।
आज सम्पन्न नगर अधिवेशनमा झविन्द्र प्रसाद पाण्डेयलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन । जम्मा २०५ मत खस्दा भुर्तेलले १०३ मत ल्याएर विजयी भएका हुन ।
उनका प्रतिस्पर्धी पाण्डेयले १०० मत प्राप्त गरेका थिए । सभापतिमा विजयी भुर्तेल पौडेल समुह हुन् । संस्थापन पक्षमा देवदह नगरप्रमुख हिरा बहादुर खत्रीको पनि साथ रहेका कारण संस्थापन पक्षले चुनाव जित्ने आँकलन गरीएको थियो ।
उपसभापतिमा भुर्तेल समुहकै प्रमोद खनाल र संस्थापन पक्षका अमर लामिछाने विजयी भएका छन । उप–सभापतिमा निर्वाचित खनालले ११७ र लामिछानेले १०२ मत प्राप्त गरेका छन । त्यस्तैगरी सचिवमा गणेश तिमिल्सिना,नेत्र रिजाल सह–सचिवमा मिलन मास्के राना र बैरागी थारु निर्वाचित भएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology