Logo

२०८३, श्रावण ३०गते


images
images

संसद अवरोध

रास्वपा अडानमा कायमै, कांग्रेससँगको छलफलमा जुटेन सहमति

रास्वपा अडानमा कायमै, कांग्रेससँगको छलफलमा जुटेन सहमति

images
  • रास्वपा अडानमा कायमै, कांग्रेससँगको छलफलमा जुटेन सहमति
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राखेको छ । 

    images
    images
    images

    सोमवार बिहान सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको अडानमा कायम रहेको हो । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र रास्वपाबाट उपसभापति डा स्वर्णिम वाग्लेले छलफल गरेका थिए ।

    images
    images
    images

    सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएपनि रास्वपाको अडान कायम रहेपछि आज पनि संसदको अवरोध हट्ने बारे अन्योलता बढेको छ । 

    images
    images
    images

    आइतवार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाषा मिलाएर सहमति गरिने दाबि गरेका थिए ।

    स्रोतका अनुसार रास्वपाले जेठ २८ गते सर्वोच्च अदालतमा हुने संबैधानिक आयोगका पदाधिकारी बारेको फैसलासम्म संसदको अवरोध कायम राख्ने रणनीतिमा रहेको बताइएको छ ।

    रास्वपा आफ्नो अडानमा कायम रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने संसदको अवरोध खुलाउन सकारात्मक बनेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।