रेशम अधिकारी, देवदह । विभिन्न शिक्षण सस्थामा कृषि अध्ययन गरेका वा गरिरहेका युवा युवतीहरू कृषिकर्ममा रमाउने प्रचलन दिनानुदिन बढ्दै गएको छ । तिनैमध्यका एक हुन् – देवदह नगरपालिका वडा नं. ५ का २२ वर्षीय युवा पवन तिवारी ।
कृषि विज्ञानमा स्नातक अध्ययन गर्दै गरेका पवनले देवदहमा रहेको आफ्नै ५ कठ्ठा जग्गामा पुष्प खेति गरिरहेका पवन आफुले पढेको कुरा व्यवहारमा लागु गर्न र कृषि व्यवसायको अनुभव संगाल्न पुष्प खेतीमा लागेको बताउछ्न । उनी भन्छन – आफ्नै गाउठाउमा हामीले केहि गर्नुपर्छ, आफुले सिकेको व्यवहारमा लागु गर्नुपर्छ भनेर यो व्यवसाय सुरू गरेको हुन् ।
गत असारमा ५ कट्ठा जग्गामा सवा लाख लगानी लगाई फूलखेती सुरु गरेका उनले उत्पादित फुल बेच्न सुरु गरेका छन । तिहार नजिकिँए संगै फूलको माग वढेको उनको भनाइ छ । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन गरीरहेका उनले भविष्यमा कृषि क्षेत्रमै केही गर्ने सोच बनाएका छन । विषादीरहित अर्गानिक फूल उत्पादन गरेको बताउने तिवारीले उत्पादित फूलबाट करिब ५ लाख आम्दानी हुने अपेक्षा रहेको बताए ।
अहिले फूल माग गर्नेहरु कोही घरमै आउने,कोहीले अनलाइनमार्फत अर्डर गर्ने र कसैले पसलमै ल्याइदिन आग्रह गर्ने गरेको उनको भनाई छ । पवनलाई कृर्षि कर्ममा परिवारको पनि साथ रहेको छ ।
दैनिक हजारौँको संख्यामा युवाहरु विदेश पलायन भइरहँदा युवा कृषकहरूले यसरी व्यवसाय सुरुगर्नुलाई सकारात्मक परिवर्तनको सुरुवात मान्नुपर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology