Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा सचिवालय बैठक : उप निर्वाचनदेखि संसदिय गतिविधिहरुमा छलफल र निर्णय

रास्वपा सचिवालय बैठक : उप निर्वाचनदेखि संसदिय गतिविधिहरुमा छलफल र निर्णय

images
  • रास्वपा सचिवालय बैठक : उप निर्वाचनदेखि संसदिय गतिविधिहरुमा छलफल र निर्णय
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  पार्टी सचिवालय बैठकमा कार्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचन बारे छलफल गरेको छ ।

    images
    images
    images

    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि आजको पार्टी सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमा व्यापक छलफल भएको र बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।

    images
    images
    images

    साथै बैठकले रुपन्देही ३ मा आम नागरिक, पार्टी शुभेच्छुकहरू समेतको चाहना अनुसार छनोट विधिमार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरण गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडान बारे छलफल गरेको र पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको छ ।

    images
    images
    images

    बैठकले संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको सघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभाबाट पास भएर आउँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार भएको निष्कर्ष निकालेको छ । 

    बैठकले कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन् देखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । साथै संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने रास्वपाको ठहर छ ।

    साथै बैठकले पार्टीका सबै केन्द्रीय विभागहरूलाई चलायमान बनाउने, विभागहरूको रिक्त पदपूर्तिको लागि विभाग प्रमुखले पहल लिनु पर्ने, २०८२ असार मसान्त सम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ श्रावण ७ गते भित्र पेस गर्न निर्देशन दिने, प्रदेशमा गठन गर्नु पर्ने विभागहरू असार मसान्त सम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखले पहल लिनु पर्ने निर्णय गरको छ ।

    त्यस्तै केन्द्रीय सङ्गठन विभागको प्रस्तावमा हालसम्म ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको पालिकामा मात्र पालिका अधिवेशन हुनसक्ने व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई संशोधन गरी ५० प्रतिशत वडा अधिवेशन भएको र ३० प्रतिशत वडा अधिवेशन भएको पालिकाहरूको समेत अधिवेशन गर्न सक्ने निर्णय भएको छ । कुन पालिकामा कति प्रतिशत वडा अधिवेशन भएको भन्ने विवरणले सङ्गठनको अवस्था चित्रण गर्ने भएकोले सो कुरा ख्याल गरेर सकभर धेरै वडा अधिवेशन सकेर पालिका अधिवेशन गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता झाले जानकारी दिए ।

    रास्वपाले केन्द्रीय सङ्गठन विभागको सदस्यका लागि प्राप्त आवेदकहरूमध्ये छनौट कार्यदलबाट सिफारिस भएको प्रमीला भुसाल चितवन, सुशील अधिकारी दाङ र मानकुमार लामा चितवनलाई नियुक्त गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।