देवदह । नेकपा माओवादी केन्द्र देवदहको दोस्रो नगरसम्मेलनले ५९ सदस्यीय नगर समिति चयन गरेको छ । यद्यपि पदाधिकारी चयन हुन सकेको छैन । निर्वाचित समिति भित्रबाटै पदाधिकारी चयन हुने निर्वाचन संयोजक लिलाधर मरासिनीले बताए ।
पार्टी देवदह नगर समितिको अध्यक्ष लगायत पदाधिकारीमा धेरै जनाको दावी रहेकोले शुक्रबार पदाधिकारी चयन हुन नसकेको सो पार्टीका नेता तुल्सी न्यौपानेले बताए । "आजलाई स्थगित गरियो, शनिबार दिनभरी सहमतिको प्रयास गरिने छ र आइतबारसम्म एउटा टुंगो लाग्नेछ", नेता न्यौपानेले सेतोमसीसंग भने ।
पार्टी अध्यक्षमा यस अघिका संयोजक केदारनाथ काफ्ले लगायत देवदहका प्रतिष्ठित व्यवसासी समेत रहेका नेता गोविन्द ठटराई, यसअघि लामो समयसम्म सचिवको जिम्मेवारी बहन गरेका नेता केशव पुन, महिला नेतृ सुन्दरी गिरी लगायतको दावी रहेको छ ।
त्यसैगरी, सचिवमा युवा नेता मेघराज ढकाल, प्रशान्त गैरे, थानेश्वर लम्साल, दीपक न्यौपाने लगायतको दावी रहेको पार्टि स्रोतले जनाएको छ ।
साथै पार्टी उपाध्यक्षमा सह-सचिव र कोषाध्यक्ष लगायतका पदमा समेत दावी गर्नेहरूले आफ्नो दावी कायम राखेको बुझिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology