Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भए : रास्वपा

प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भए : रास्वपा

images
  • प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भए : रास्वपा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले संसदमा प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी छन् ।

    images
    images
    images

    विहिवार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै डा. कार्कीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ भनेका प्रधानमन्त्री ओलीले अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने बताएको उल्लेख गर्दै यस्ता भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी हुन् ।

    images
    images
    images

    उनले हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर गएको बताउदै संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको बताइन् । साथै उनले ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेको बताइन ।

    images
    images
    images

    सांसद कार्कीले प्रधानमन्त्रीले देशमा सुशासन छ भनेको तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन् भने पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ नयाँ - लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्ड हरु एक पछि अर्को सार्वजनिक भइरहेको बताइन । 

    उनले सुशासनको भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्न, मन्त्रीहरूको सम्पत्ति  सार्वजनिक गर्न र देशमा सुशासन को यथार्थमा के अबस्था बुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन् ।

    उनले आफुहरु सत्य र न्यायका लागि लडिरहेको बताउदै रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेको बताएकी छन् । उनले यो केवल रविको मुद्दा मात्र नभएर लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासको मुद्दा भएको समेत बताएकी छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।