देवदह । रुपन्देहीको देवदहमा रहेका दुइ सहकारी संस्था एकीकृत (मर्ज) भएका छन् । दुई वटा सहकारी संस्थाले संयूक्त भेला गर्दै एकीकृत भएको घोषणा गरेका हुन् ।
देवदह -७ मा केन्द्रिय कार्यालय रहेको साना किसान कृषि सहकारी संस्था र सिक्टहनमा कार्यालय रहेको साना किसान कृषि सहकारी संस्था एकीकृत भएका हुन् । एकीकरण पछिको नाम 'साना किसान कृषि सहकारी संस्था देवदह राखिएको छ ।

दुई सहकारी एकीकृत भए पछि सहकारीको शेयर सदस्य ४ हजार १ सय पुगेको छ । त्यसै गरि शेयर पुँजी ४ करोड ५० लाख, बचत र जम्मा लगानी ५० करोड ५३ लाख पुगेको साबिक साना किसान कृषि सहकारी सिक्टहनका अध्यक्ष अजय रौनियारले जानकारी दिए ।
एकीकरण घोषणा सभामा प्रमुख अथिति नेपाल कृषि सहकारी केन्दिय संघका अध्यक्ष खेम बहादुर पाठक, जिल्ला सहकारी संघका रुपन्देही अध्यक्ष भिम तुलाचन, देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, सहकारी संचालक, बिभिन्न सहकारी संस्थाका प्रतिनिधि, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो।
एकीकरणका लागि साना साविक किसान कृषि सहकारी संस्थाका अध्यक्ष टिका गौतमको संयोजकत्वमा बनाइएको कार्यदलले सम्पूर्ण प्रकृया पूरा गरी एकीकरण भेलाको आयोजना गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology