Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपाको प्रश्न

खतिवडालाई फेरी सभापति बनाउने विषयमा रास्वपाले उठायो प्रश्न : नियुक्ति प्रक्रिया स्थगित गर्न सभामुखसँग माग

खतिवडालाई फेरी सभापति बनाउने विषयमा रास्वपाले उठायो प्रश्न : नियुक्ति प्रक्रिया स्थगित गर्न सभामुखसँग माग

images
  • खतिवडालाई फेरी सभापति बनाउने विषयमा रास्वपाले उठायो प्रश्न : नियुक्ति प्रक्रिया स्थगित गर्न सभामुखसँग माग
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामहरी खतिवडालाई सार्बजनिक सुनुवाई समितिको सभापति बनाउन लागिएको प्रति प्रश्न उठाएको छ ।

    images
    images
    images

    रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्ड पालन गर्नुपर्ने भन्दै खतिवडालाई फेरी सभापति बनाउन खोजिएको प्रति प्रश्न उठाएका हुन् ।

    images
    images
    images

    उनले जनताको सार्वभौम कानुन निर्माण गर्ने जस्तो संवेदनशील विषयमा गरिकनुनी रुपमा प्रत्यक्ष संलग्न भएर नैतिक संकटमा परि राजीनामा दिएको व्यक्तिलाई अहिले पुन: संसदीय सुनुवाई समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले नैतिक आचरणमा प्रश्न खडा गरेको उल्लेख अग्रेका छन् ।

    images
    images
    images

    साथै उनले विवादस्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुन: उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभएर सम्पूर्ण लोकतान्त्रिक मुल्य र मानयतामा आघात पुर्याएको अवस्था रहेको सभामुखलाई ध्यानाकर्षण गराएका छन् । 

    यसै सन्दर्भमा रास्वपाले खतिवडाको नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न समेत माग गरेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।