देवदह । रुपन्देहीको देवदहमा विगत ५ वर्षदेखि सञ्चालित होटल हेरिटेज नयाँ व्यवस्थापनसहित सञ्चालन हुने भएको छ । विहिबार होटलमा आयोजित ग्र्याण्ड ओपनिङ्ग कायैक्रममा सात जना महिला जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै होटलको सुभारम्भ गरिएको हो ।
महामानव गौतम बुद्धको मावली स्थलमा सञ्चालित होटलले देवदहको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको होटलका सञ्चालक टंक पोखरेलले बताए ।
नयाँ व्यवस्थापनसंगै होटलका बिभिन्न कक्षहरुलाई नेपाली परम्परा तथा ऐतिहासीक सामाग्रीहरुको नामबाट नामाकरण गरिएको तथा होटलमा बिभिन्न प्रकारका परम्परागत सामाग्रीहरु समेतको अवलोकन गर्न पाइने पोखरेलले जानकारी दिए ।
होटलमा स्वीट, एसी तथा डिलक्स रुमसहित नेपाली एवं विदेशी परिकारहरुको उपलब्धता रहेको छ । सेमिनार बैठक तथा पार्टीको लागि हलको समेत व्यवस्था रहेको होटलमा इनरुम डाइनिङ्, भिउ टप डाइनिङ सेवा समेत रहेको सञ्चालित छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology