काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको नेतृत्व आफुहरुले नगरेको स्पष्ट गरेको छ । केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष झाले जेनजी आन्दोलनको आफुहरुले नेतृत्व नगरेको स्पष्ट गर्दै आफुहरुले आन्दोलनमा घुसपैठ नहोस भनेर खबरदारी र सचेत गराएको बनाएका छन् ।
प्रवक्ता झाले नख्खु कारागारको प्रशासनले पटक पटक बोलाएपछि आफुहरु गएको स्पष्टीकरण दिएका छन् । उनले आफ्नो तीन सेकेन्डको भिडियोलाई अतिरन्जित गरेर सामाजिक सञ्जालमा आक्रमण गरिएको आरोप लगाए । उनले आफुले यस्तो गर्ने होइन भनेर भिडियो भनेपनि अन्य घटना जोडेर अतिरन्जित गरिएको बताए ।
त्यस्तै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले आफुहरुलाई दिएको पत्र बुझेको स्पष्ट गर्दै कारागार प्रशासनले पटक पटक फोन गरेर सुरक्षा थ्रेट भएको भन्दै फोन आएपछि सम्भव भएसम्मका कार्यकर्ता नख्खु जेल पुगेको बताएकी छन् । साथै उनले पत्रको विषयमा राज्यले छानबिन गरोस भन्दै यो विषय पार्टी भित्र पनि उठेको बताएकी छन् ।
भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने आफ्ना समर्थकसहित नख्खु कारागारबाट बाहिर अयेपाची देशभरका १५ हजारभन्दा बढी कैदीबन्दी बाहिर निस्केका थिए । अहिलेपनि ८ हजार भन्दा बढी कैदीबन्दी सम्पर्कमा नाराहेको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology