बुटवल । देवदह नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिनको लागि बन्द गर्ने भएको छ । चिसो बढ्दै गएकोले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान दिंदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले एक सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएका छन् । विद्यार्थीको स्वास्थलाई ख्याल गर्दै नगरपालिकाको शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको जारी सूचनामा जनाईएको छ ।
चिसो बढेसंगै यस अघि बुटवल उपमहानगरपालिका लगायतका स्थानीय सरकारले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology