Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राट्रिय

हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ : ट्रम्प

हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ : ट्रम्प

images
  • हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामाथिको शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका छन् ।

    images
    images
    images

    अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हमास सहमतिमा नआएमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    उनले हमास साँच्चै शान्ति चाहन्छ या चाहदैन भन्ने चाँडै स्पष्ट हुने समेत बताए । ट्रम्पले आफुले युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेमा आशावादी रहेको समेत बताएका छन् ।

    images
    images
    images

    यसअघि शनिवार राष्ट्रपति ट्रम्पले इजरायलले उनको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए भने अब उनी हमासको सहमतिको पर्खाइमा रहेको बताएका थिए ।

    ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासले बन्धक रिहा गर्न ससर्त मन्जुर गरेपनि अन्य प्रस्तावमा अमेरिकासँग वार्ता गर्न चाहेको जवाफ दिएको बताइएको छ । तर यस विषयमा थप कसरी अगाडी बढ्ने भन्ने स्पष्ट भएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # हमास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।