देवदह । जनउत्थान दुग्ध सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमविच सहकारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको संस्थाका अध्यक्ष जाहेश्वर पंगेनीले बताए ।
साधारणसभामा बोल्दै दुग्ध विकास संस्थानका सदस्य प्रकाश अर्यालले सहज संचालनका लागि सहकारीहरू उत्पादनमा जोडिनुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट कृषक देवि गुरुङ, रविलाल उपाध्याय, मन कुमारी कवंर, बुद्धि बहादुर राना सहित
४३ जना सहकारीका संस्थापक सदस्य एवं १० जना निवर्तमान संचालकहरूलाई सम्मान गरिएको थियो ।
देवदह नगरपालिका वडा नं. २ का अध्यक्ष धर्मागत पाण्डे, संस्थाका सल्लाहकार बोधराज गौडेंल, पशु शाखा देवदहका हर्कबहादुर थानी, राष्ट्रिय सहकारी बैंकका सुशील भट्टराई, लेखा सुपरिवेक्षण समिति संयोजक पिताम्बर खरेल, भविष्य निर्माण माविका अध्यक्ष झविन्द्र प्रसाद पाण्डेय लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका संस्थापक घनश्याम गिरीको संचालन तथा उपाध्यक्ष धनप्रसाद भुसालको स्वागत मन्त्यब्य रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology