Logo

२०८३, आश्विन ९गते


images
images

सुनवलमा निशुल्क स्वास्थ्य परिक्षण हुने

सुनवलमा निशुल्क स्वास्थ्य परिक्षण हुने

images
  • सुनवलमा निशुल्क स्वास्थ्य परिक्षण हुने
    images
    images

    सुनवल । पश्चिम नवलपरासी  सुनवल  नगरपालिका ७ सिसाहानीमा  निशुल्क  स्वास्थ्य एवम् आँखा  शिविर सञ्चालन हुने भएको छ । 

    images
    images
    images


    आउने माघ ८  गते सिसाहानिमा  शिविर सञ्चालन हुने साथी फार्मेसीका सञ्चालक केशव गैरेले जानकारी दिए  । सुनवल क्षेत्रमा  स्वास्थ्यको समस्या भएका नागरिकलाई मध्यनजर गरेर स्वास्थ्य शिविरको आयोजना गर्न लागेको उनले बताए  ।

    images
    images
    images


    शिविरमा पुरा शरीर परीक्षण तथा आँखाका   बिरामीहरूको चेकजाँच गरिने छ भने उनीहरूलाई आवश्यकता अनुसारको औषधि निशुल्क वितरण गरिने फार्मेसीस्ट  गोविन्द अर्यालले जानकारी दिए । 

    images
    images
    images


    अर्यालका अनुसार वडा ७ नजिक  कारखाना भएका कारण कारखानामा कार्यरत कर्मचारी र अन्य नागरिकलाई विभिन्न  स्वास्थ्यका बारेमा  सचेत गराउने र समस्या भएकाहरूको उपचारमा पहुँच पुर्याउने उद्देश्यले शिविरको आयोजना गर्ने तयारी भएको हो  ।

     

    स्वास्थ्यलाई त्यति ध्यान नदिँदा विभिन्न खालका समस्याहरू आइरहेकाले ती समस्याहरूको समाधानका लागि शिविरले सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।