Logo

२०८३, आश्विन १०गते


images
images

भत्किएको पुलमाथि जोखिमपुर्ण यात्रा

भत्किएको पुलमाथि जोखिमपुर्ण यात्रा

images
  • भत्किएको पुलमाथि जोखिमपुर्ण यात्रा
    images
    images

    देवदह । २०७८ भदौ १० गते राती परेको भारी बर्षातका कारण देवदहस्थित घोडाहा खोलाको पुल भासियो । पुल भासिएर आवागमन ठप्प भएको ५ दिनपछी भदौ १६ मा डाइभर्सन बनाउने काम सुरु भयो र झन्डै १० दिनको अन्तरालमा भदौ २६ गते डाइभर्सन तयार भएर नियमित सवारी आवागमन सुचारु भयो । 

    images
    images
    images


    कार्तिक १ गते परेको पानीका कारण आएको बाढिले केही समय उक्त डाइभर्सनमा आंशिक क्षती पुर्यायो । र, आवश्यक मर्मतसंगै पुनः डाइभर्सन नियमित भयो ।

    images
    images
    images

    20220110_161447-min.jpg
    उक्त डाइभर्सन निर्माण भएर संचालन भएको चार महिना बितिसकेको छ । तर पनि भत्किएको पुलमाथिबाट जोखिमपूर्ण यात्रा गर्न छाडेका छैनन् । दुई पाङ्ग्रे सवारी चालकहरू । 

    images
    images
    images


    सेतोमसी टिम सोमबार साँझ करिब ५ बजे उक्त पुलमा पुग्दा त्यही भत्किएको पुलमाथिबाट मोटरसाइकल र स्कुटरहरू यसरी हुँईकिईरहेका थिए, लाग्थ्यो पुल केही भएकै छैन ।


    किन भत्किएको पुलमाथिबाट यात्रा गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा सवारी चालकहरू डाइभर्सनमा धुलो हुने भएकोले धुलो छल्न र 'सर्टकट' पनि हुने भएकोले पुलबाट हिड्ने गरेको बताए ।


    यसबारे प्रहरी पनि जानकार छ । देवदह प्रहरी चौकीका प्रमुख गंगा सारूले सवारी चालकहरूले लापरबाही गरेको स्विकार गरे पनि सुचना राख्ने लगायतको काम सडक विभागको भएको बताए । 


    सडक डिभिजन कार्यालय बुटवलका कार्यालय प्रमुख जयलाल मरासिनीसंग यसबारे जिज्ञासा राख्न खोज्दा सम्पर्क हुन सकेन ।


    हुन त डाइभर्सन बनेको छ । खुल्ला आखाँले नै भत्किएको पुल देख्न नसकिने होइन । तर पनि पुल विग्रीएको जनाउदिने कुनै संकेत राखिएको छैन । जसले लापरबाही गर्न खोज्ने चालकलाई थप सजग बनाओस् । 


    त्यसो त आवागमन बन्द रहेको जनाउँ दिन नै होला । पुलको मुखमा दुबैतिर मिस्कट थुपारिएको छ । तर मिस्कट ट्राफिक चिन्ह होइन । यस प्रकारको मिस्कट कै कारण थप दुर्घटना समेत हुनसक्छ भन्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । 


    पानी पर्दा डाइभर्सन हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्या सबै डाईभर्सनहरूमा देख्न सकिन्छ । जसका कारण जोखिम मोलेरै सवारी चालकहरू भत्किएको पुलमाथिबाट यात्रा गरिरहँदा दुर्घटनाको जोखिम त बढाएको छ नै  । अत्यधिक धुलोको कारण जनस्वास्थ्यमा समेत गम्भीर असर पुर्याएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।