Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

images
  • प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । 

    images
    images
    images

    मंगलवार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । 

    images
    images
    images

    अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । 

    images
    images
    images

    आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध सहितको पत्र बुझाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।