ललितपुर । रुकुम पूर्वका एमाले नेता कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशका क्रममा मल्लले जनयुद्धका कठिन दिनहरू स्मरण गर्दै उहाँले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा सहनुपरेको यातना र त्यसपछिका राजनीतिक यात्राबारे स्मरण गरे ।
एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उनले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाए । उनले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology