Logo

२०८३, श्रावण ३०गते

images
images

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन : 'विकासका काममा सहकार्य गर्न आग्रह'

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन : 'विकासका काममा सहकार्य गर्न आग्रह'

images
  • बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन : 'विकासका काममा सहकार्य गर्न आग्रह'
    images
    images

    बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्ने गरी आन्दोलन भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् । तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।

    images
    images
    images

    ‘सबै दललाई, सामाजिक संघसंस्थालाई मेरो आग्रह छ, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ । यो सडक मात्रै होइन । यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो ।  यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ । यसले कसैलाई घाटा बनाउने छैन’, उनले भने ।

    images
    images
    images

    पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताए ।

    प्रकोपको जोखिमका रुपमा रहेका ज्योतिनगर, लक्ष्मीनगरका बस्ती, तिनाउ र दानव नदीको कटानको उच्च जोखिममा रहेका बस्ती र ठूला परियोजनाले प्रभावित हुने र विस्थापित हुने बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर, पीडितको उचित प्रबन्ध गरेर, उनीहरुको सुरिक्षत स्थानमा आवासको प्रबन्ध गरिने नेता पौडेलको भनाइ थियो । 

    ‘विकासप्रति हाम्रो दृष्टिकोण रुपनदेहीवासीले बुझेका छन्, केही योजनामा निर्माणमा विलम्ब भएको छ, तर कानूनी र प्रशासनिक जटिलता समाधान गरेर बजेटको प्रबन्ध भएकाले अब ढिलाइ गर्ने छुट कसैलाई छैन’, पौडेलले भने ।

    महानगरी अवधारणा र बृहत बुटवलको लक्ष्य : प्रमुख सुवेदी

    उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ र बृहत बुटवलको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ योजना तय गरिएको बताए । प्रमुख सुवेदीले नयाँ अत्याधुनिक प्रशासकीय भवन निर्माण पनि सोही योजना अन्तर्गतको एउटा पाटो रहेको बताउँदै पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उल्लेख गरे । बुटवलको सहरी विकास गुरुयोजना, आवधिक र दीर्घकालीन योजनालाई उपयुक्त कार्यक्रम मार्फत कार्यान्वयन गरिरहेको प्रमुख सुवेदीको भनाइ थियो । 

    भवन उद्घाटनको संक्षिप्त समारोहमा उपप्रमुख गुमादेवी आचार्यले नयाँ भवन अपांगमैत्री र सेवाग्राहीको सहजतालाई मध्यनजर गरेर निर्माण गरिएको बताउँदै सहज, गुणस्तरीय र छरितो सेवाप्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरिन् । 
    प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नयाँ भवनका संरचना र सेवाप्रवाहका बारेमा संक्षिप्त जानकारी गराउँदै सेवाप्रवाहलाई प्रभावकारी, गुणस्तरीय र छरितो बनाउनेतर्फ आफुहरु केन्द्रित रहने बताएका थिए । 

    बुटवल उपमहानगरको नयाँ भवन उदुघाटन
    विकासका काममा सहकार्य गर्न आग्रह
    बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । 
    बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् । तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।
    ‘सबै दललाई, सामाजिक संघसंस्थालाई मेरो आग्रह छ, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन’, उनले भने ।
    पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताए ।
    प्रकोपको जोखिमका रुपमा रहेका ज्योतिनगर, लक्ष्मीनगरका बस्ती, तिनाउ र दानव नदीको कटानको उच्च जोखिममा रहेका बस्ती र ठूला परियोजनाले प्रभावित हुने र विस्थापित हुने बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर, पीडितको उचित प्रबन्ध गरेर, उनीहरुको सुरिक्षत स्थानमा आवासको प्रबन्ध गरिने नेता पौडेलको भनाइ थियो । 
    ‘विकासप्रति हाम्रो दृष्टिकोण रुपनदेहीवासीले बुझेका छन्, केही योजनामा निर्माणमा विलम्ब भएको छ, तर कानूनी र प्रशासनिक जटिलता समाधान गरेर बजेटको प्रबन्ध भएकाले अब ढिलाइ गर्ने छुट कसैलाई छैन’, पौडेलले भने ।
    बुधबार उद्घाटन भएको अधुनिक भवनको शिलान्यास पनि पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता पौडेलले नै गरेका थिए । 
    कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाइरहेको भन्दै प्रशंसा पनि गरे । 
    उनले राजनीतिक प्रतिस्पर्धाका नाममा भइरहेका विकासका कामलाई अन्देखा गरेर विरोधका लागि विरोध नगर्न र आलोचना मात्रै गरेर राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गरे । उक्त समारोहमा बोल्ने कांग्रेसका एकजना नेताको भनाइ प्रति लक्षित गर्दै नेता गिरीले शुभकामना व्यक्त गर्ने ठाउँमा सवाल जवाफ गर्ने, कामका फेहरिस्त माग्ने र अनावश्यक पूर्वाग्रह राखेर विचार प्रवाह गर्नु राम्रो नहुने बताए ।
    पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले संचालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको बताए । उनले विकासको राजनीतिमा बल्छी राखेर नागरिकलाई अन्याय नगर्न सत्तारुढ दललाई आग्रह गरे ।
    महानगरी अवधारणा र बृहत बुटवलको लक्ष्य ः प्रमुख सुवेदी
    उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ र बृहत बुटवलको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ योजना तय गरिएको बताए । प्रमुख सुवेदीले नयाँ अत्याधुनिक प्रशासकीय भवन निर्माण पनि सोही योजना अन्तर्गतको एउटा पाटो रहेको बताउँदै पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उल्लेख गरे । बुटवलको सहरी विकास गुरुयोजना, आवधिक र दीर्घकालीन योजनालाई उपयुक्त कार्यक्रम मार्फत कार्यान्वयन गरिरहेको प्रमुख सुवेदीको भनाइ थियो । 

    भवन उद्घाटनको संक्षिप्त समारोहमा उपप्रमुख गुमादेवी आचार्यले नयाँ भवन अपांगमैत्री र सेवाग्राहीको सहजतालाई मध्यनजर गरेर निर्माण गरिएको बताउँदै सहज, गुणस्तरीय र छरितो सेवाप्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरिन् । 
    प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नयाँ भवनका संरचना र सेवाप्रवाहका बारेमा संक्षिप्त जानकारी गराउँदै सेवाप्रवाहलाई प्रभावकारी, गुणस्तरीय र छरितो बनाउनेतर्फ आफुहरु केन्द्रित रहने बताएका थिए । 

    २०१६ सालमा स्थापना भएको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासकीय भवन भूकम्पले क्षतिग्रस्त छ । भवनका अधिकांश कार्यकक्षहरुमा भूकम्पले क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने अवस्था छ । यसैले नयाँ भवन निर्माण गरिएको हो । 

    करिब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । 

    निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए । तर कोभिडका कारण केही ढिलोगरी मात्रै निर्माण कार्य सकिएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।