Logo

२०८३, आश्विन १०गते


images
images

ब्रेन ट्युमरबाट पिडित विरामीलाई मगरसंसार फोटो ग्यालरीले जुटायो एक लाख बढी सहयोग

ब्रेन ट्युमरबाट पिडित विरामीलाई मगरसंसार फोटो ग्यालरीले जुटायो एक लाख बढी सहयोग

images
  • ब्रेन ट्युमरबाट पिडित विरामीलाई मगरसंसार फोटो ग्यालरीले जुटायो एक लाख बढी सहयोग
    images
    images

    देवदह । सामाजिक संजाल फेसबूकलाई उपयोग गरि सामाजिक कार्यहरूमा सक्रिय हुँदै आएको मगर संसार फोटो ग्यालरीले देवदहस्थित एक विरामीलाई आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रम विच ब्रेन ट्युमरका बिरामी आयुष थापाको परिवारलाई मगरसंसार फोटो ग्यालरी ग्रुपले १ लाख २ हजार ३८१ रुपैया आर्थिक सहयोग गरेको हो । 

    images
    images
    images


    मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा देश तथा विदेशमा रहेका नेपालीहरूबाट संकलित रकम विरामीका आफन्तलाई हस्तान्तरण गरिएको सो ग्रुपका एडमिन अमिर मगरले बताए । सो ग्रुपमा अनुसार यस अघि विभिन्न व्यक्तिलाई यस्तै प्रकारका ९४ जनालाई सहयोग गरिएको बताउँदै आयुष मगरलाई गरिएको सहयोग ९५औं भएको बताईएको छ ।

    images
    images
    images


    बिगत १ बर्ष देखि ब्रेन ट्युमरका बिरामी भएका आशिषलाई सुरुमा युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरि उपचार गराइएको र डाक्टरले दिमागमा पानी जमेको बताए पछि हाल भारतको हरियाणामा उपचार भइरहेको छ । 

    images
    images
    images


    रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ,देवदह नगर समितिका अध्यक्ष शोभा कुमारि थापा, नेपाल मगर युवा संघका पुर्व सह-सचिब बिनोद थापा मगर,नेपाल मगर युवा संघका अध्यक्ष भुवन खासु मगर,समाजसेवी किशन बहादुर थापा, केश बहादुर लामिछाने, शान्ति थापा मगर लगायतको सहभागिता रहेको थियो । 

    मगर संसार फोटो ग्यालरीका एडमिन अमिर मगरको अध्यक्षता र नेपाल मगर संघ,देवदह नगर समितिका कोषाध्यक्ष मीलन मास्की राना मगरको संचालनमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।