Logo

२०८३, श्रावण ३०गते


images
images

एकता सन्देश सभा

विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने प्रचण्डको प्रतिवद्धता

विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने प्रचण्डको प्रतिवद्धता

images
  • विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने प्रचण्डको प्रतिवद्धता
    images
    images

    लमही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने बताएका छन् ।  शनिबार दाङको लमहीमा आयोजित लुम्बिनीस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    images
    images
    images

    प्रचण्डले जेननी आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको बताउँदै युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनु पर्ने आवश्यकता औल्याए । १५ वटा विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको यो नेकपा चुनाव जित्नका लागि मात्र नभई राष्ट्र र जनताको रक्षाका लागि गरिएको ऐतिहासिक सङ्कल्प भएको उनको दाबी छ ।

    images
    images
    images

    प्रचण्डले लामो सङ्घर्ष र बलिदानपछि संविधानसभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गरे । उनले भने, ’हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन । हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ ।’ उनले यो एकता सभालाई ’आत्मालोचना सभा’ र ’सङ्कल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    प्रचण्डले मजदुर, किसान, दलित, महिला, मुस्लिम र थारु लगायतका उत्पीडित समुदायको हकहितका लागि फेरि एक पटक नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गरे। उनले सुशासन, आर्थिक समृद्धि र रोजगारीको क्षेत्रमा ठोस पहल गर्न नसकेको स्वीकार गर्दै अब जनताको सेवामा समर्पित हुने बताए ।

    नेपालमा राष्ट्र बचाउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा कम्युनिस्टहरू नै सबैभन्दा भरपर्दो शक्ति भएको समेत उनले दाबी गरे ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।