देवदह । रुपन्देहीको देवदहमा एक महिला र बालिकाको बेवारिसे शव फेला परेको छ । नगरपालिकाको घोडाहास्थित जङ्गलमा मंगलबार एक महिला र एक बालिकाको शव फेला परेको हो ।
पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ ।
शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology