बुटवल । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउँसो फेला परेको महिला र बालिकाको शव हत्या पछि फालिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । शव बरामद पछि शवको प्रकृति मुचुल्काबाट हत्या गरेर फालिएको हुन सक्ने प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको जानकारी दिए ।
देवदह नगरपालिका वडा नम्बर ९ घोडाहास्थित पूर्व पश्चिम राजमार्गबाट नजिकै जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । हत्या गरिएका महिला र बालिकाको यो समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन । महिला अन्दाजी ३० वर्ष र बालिका ७ वर्ष जतिको रहेको प्रहरीले अनुमान गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology