Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको केन्द्रीय कार्यालयमा मन्त्रीसहितको सरकारी टोली : निर्वाचन केन्द्रीत छलफल

रास्वपाको केन्द्रीय कार्यालयमा मन्त्रीसहितको सरकारी टोली : निर्वाचन केन्द्रीत छलफल

images
  • रास्वपाको केन्द्रीय कार्यालयमा मन्त्रीसहितको सरकारी टोली : निर्वाचन केन्द्रीत छलफल
    images
    images

    काठमाडौँ । मन्त्रीसहितको सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा अवलोकन तथा छलफल गरेको छ ।

    images
    images
    images

    सरकारी टोलीले रास्वपासँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको थियो । 

    images
    images
    images

    छलफलका लागि कार्यदल संयोजक तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, सुचना तथा सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनालसहितको टोली रास्वपा कार्यालय पुगेको थियो ।  

    images
    images
    images

    कार्यालयमा रास्वपाका उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहले सरकारी टोलीलाई स्वागत गर्दै छलफल गरेको थियो ।

    सरकारी टोलीले आजै जनमत पार्टी र राप्रपा कार्यालय पुगेर छलफल गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।