रेशम अधिकारी, देवदह । एमाले निकट युवा संघ र अनेरास्ववियुले स्थानीय चुनावको माग गर्दै देशका विभिन्न स्थानमा सरकार बिरुद्ध आन्दोलन जारी राखेकाे छ ।
यसै बिच रुपन्देहीको देवदहमा पनि एमाले निकट युवा संघ नेपाल र अनेरास्ववीयु देवदह नगर कमिटीले सरकार विरुद्ध राँके जुलुस सहित बिरोध प्रदर्शन गरेको छ ।
देवदहको मिलनचोकबाट सुरु भएको राँके जुलुसमा गठबन्धन सरकारका विरुद्धमा पम्प्लेट सहित नाराबाजी गर्दै खैरेनी चोकमा पुगेर प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गर्दै कोणसभामा परिणत भएको हो ।
स्मरण रहोस्, आजै बसेको मन्त्रीपरिषद् बैठकले बैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology