देवदह । देवदह नगरपालिकाले 'देवदह प्रज्ञा प्रतिष्ठान स्थापमा गर्ने भएको छ । नगरपालिकाको दशौं नगरसभामा प्रज्ञा प्रतिष्ठानको विधेयक २०७८ प्रस्तुत गरिएको हो ।
देवदह नगरका भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगितको अध्ययन अनुसन्धान र संरक्षणका लागि प्रतिष्ठानको स्थापना र संचालन वान्छनिय रहेकोले नगरसभाले ऎन बनाएको उल्लेख छ ।
उक्त प्रतिष्ठान 'देवदह प्रज्ञा सभा' प्रति उत्तरदायी हुने र प्रज्ञा सभा सर्बोच्च अंग हुने विधानमा उल्लेख छ । प्रज्ञा सभामा कुलपति, उपकुलपति र प्रमुखले तोकेका कार्यपालिकाका २ जना सदस्य र प्रमुखले नै तोकेका संबंधित क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिबाट २ जना महिला सहित ८ जना रहने छन् । जसको सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था गरिएको छ ।
प्रज्ञा प्रतिष्ठाको प्रमुख संरक्षक नगरप्रमुख र संरक्षक उपप्रमुख रहने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology