Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

बासुदेव घिमिरेले छोडे एमाले : रुपन्देही -२ को रास्वपा उमेदवार बन्ने चर्चा

बासुदेव घिमिरेले छोडे एमाले : रुपन्देही -२ को रास्वपा उमेदवार बन्ने चर्चा

images
  • बासुदेव घिमिरेले छोडे एमाले : रुपन्देही -२ को रास्वपा उमेदवार बन्ने चर्चा
    images
    images

    काठमाडौँ । नेकपा एमालेका पुर्व सांसद एवं तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले पार्टी छोडेका छन् ।

    images
    images
    images

    घिमिरेले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजैदेखि एमालेको जिम्मेवारीदेखि अलग भएको घोषणा गरेका छन् ।

    images
    images
    images

    घिमिरे रास्वपा प्रवेश गर्न लागेको बताइएको छ । यद्यपी उनले यस बारेमा जानकारी दिएका छैनन् ।

    images
    images
    images

    उनले भनेका छन्- अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो । 

    पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने  अवस्था नदेखिएकोले आजको दिन देखि म संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।'

    उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका लागिरहने बताएका छन् ।

    बालेनसँग निकट रहेका घिमिरे राजीनामासँगै आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट रुपन्देही क्षेत्र नं २ को उमेदवार बन्ने चर्चा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।