काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।
७९ बर्षिय ट्रम्पले उनी डाक्टरहरूले सिफारिस गरेको भन्दा बढी एस्पिरिन लिइरहेको र हातमा नीलो दाग लुकाउन मेकअप प्रयोग गर्ने गरेको बताएका छन् । आफ्नो दैनिकी बारे बताउदै उनले नियमित रूपमा व्यायाम नगर्ने समेत बताए ।
वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा ट्रम्पले अक्टोबरमा सिटी स्क्यान गराएको तर पहिले गल्तीले आफुले पत्रकारहरूलाई एमआरआई स्क्यान गराएको बताएको समेत उल्लेख गरे ।
ट्रम्प अमेरिकी इतिहासमा शपथ लिने सबैभन्दा वृद्ध राष्ट्रपति हुन् र उनले बुढ्यौलीका लक्षणहरू देखाइरहेका छन् । उनी धेरै पटक बैठकहरूमा निदाएको देखिएका छन् र स्पष्ट रूपमा प्रश्नहरू सुन्न असमर्थ पनि देखिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । साथै ट्रम्पले आफ्नो स्वास्थ्यको बारेमा सार्वजनिक बहसका क्रममा रिसाएका थिए । ट्रम्पले आफ्नो स्वास्थ्य बिल्कुल ठीक रहेको बताउदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology