Logo

२०८३, आश्विन ९गते


images
images

केरवानी मावि निर्वाचन : यी हुन्, एमाले प्यानलका २७ प्रतिबद्धता

केरवानी मावि निर्वाचन : यी हुन्, एमाले प्यानलका २७ प्रतिबद्धता

images
  • केरवानी मावि निर्वाचन : यी हुन्, एमाले प्यानलका २७ प्रतिबद्धता
    images
    images

    देवदह । देवदह खैरेनीस्थित केरवानी माध्यमिक विद्यालयको व्यवस्थापन समितिका लागि फाल्गुन ३ गते हुने निर्वाचनको मिति नजिकिंदै गर्दा उम्मेदवारहरूले प्रचार प्रसार बढाउँने र सार्वजनिक प्रतिबद्धता जनाउने काम गर्दै आएका छन् । सोहि क्रममा शनिबार पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) को प्यानलबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    images
    images
    images


    एमालेको तर्फबाट विद्यालय व्यवस्थापन समितिको उम्मेदवार बनेका देवी प्रसाद न्यौपाने, बालानन्द न्यौपाने, दिलमाया सुनार र माया भण्डारीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आफुहरू निर्वाचित भएमा कक्षा १ देखि १० सम्मको नेपाली माध्यमको शुल्क नलिने, कक्षा ५ सम्मको खाजा निशुल्क गर्ने, प्रमाणपत्र शुल्कमा ५० प्रतिशत रकम घटाईने र कृषि (बाली) विज्ञान तर्फ कक्षा ९ र १० को शिक्षा नि:शुल्क गर्ने लगायतका बुँदा उल्लेख छन् ।

    images
    images
    images


    यस अघि गठबन्धनका उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धता र तपाईंका उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा खासै अन्तर देखिएन, उहीँ काम गर्ने भएपछि तपाईंहरूले राजनीतिक सहमति गरेर साझा उम्मेदवार बनाउन किन पहल गर्नु भएन भन्ने पत्रकारको प्रश्नको जवाफ दिदैँ एमाले देवदहका अध्यक्ष टिकाराम चापागाईंले आफुहरूले सहमतिको प्रयास गरेको भए पनि त्यो प्रयास सफल हुन नसकेकाले उम्मेदवारी दिनुपरेको बताए । प्रतिबद्धता उहीँ भएपनि पात्र फरक भएको हुनाले आफुहरूले जित हासिल गरेमा प्रतिबद्धता पूरा गर्ने उनको भनाई थियो ।

    images
    images
    images


    स्मरण रहोस्, माघ ५ गते हुँने भनिएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि सहमतिको प्रयास सफल नभएपछि पुस २३ गते गठबन्धनका ४ र नेकपा एमालेका ४ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए । कोभिड संक्रमण बढेको भन्दै नेपाल सरकारले माघको सुरुबाटै सार्वजनिक कार्यक्रम र भेटघाटमा कडाई गरेपछि निर्वाचन स्थगित भएको थियो । उक्त निर्वाचन फाल्गुन ३ गते हुँदैछ । 


    १ हजार ४ सय ३५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा १ हजार १ सय १४ जना अभिभावकले मतदान गर्ने छन् । 


    नेकपा एमालेका उम्मेदवारद्वारा सार्वजनिक गरिएको २७ बुँदे प्रतिबद्धता पत्र जस्ताको तस्तै :

    १. नेपाली माध्यम कक्षा १ देखि १० सम्म मासिक शुल्क नलाग्ने गरी निःशुल्क शिक्षाको ग्यारेन्टी गरिने छ र कक्षा ५ सम्म निःशुल्क गुणस्तरिय खाजाको व्यवस्था गरिने छ ।

    २. चारित्रिक तथा स्थानान्तरण प्रमाणपत्र शुल्कमा न्युनतम ५० प्रतिशत रकम घटाइने छ । 

    ३. प्राविधिक धार कृषि (बाली विज्ञान) तर्फ कक्षा ९ र १० को शिक्षा निःशुल्क गरिने छ ।

    ४. आर्थिक अवस्था अति कमजोर भएका अभिभावक छनौट गरी उनीहरुका बालबालिकाको कक्षा १२ सम्मको शिक्षा पूर्णतया निःशुल्क गरिने छ ।

    ५. अङ्ग्रेजी माध्यममा जेहनदार तथा कक्षा प्रथम हुने विद्यार्थीको मासिक शुल्क शत प्रतिशत छुट गरिने छ ।

    ६. अङ्ग्रेजी माध्यमतर्फ सर्वसुलभ शिक्षाको ग्यारेन्टी गरिने छ ।

    ७. महिनामा कम्तीमा एक पटक अभिभावक भेला गरी बिद्यार्थीको प्रगति विवरण सम्बन्धमा छलफल गरिने छ ।

    ८. अति कमजोर बिद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्थापन गरिने छ ।

    ९. शुद्ध पिउने पानीको लागि फिल्टरको व्यवस्था गरिने छ । 

    १०. पुस्तकालय तथा निःशुल्क कम्प्युटर कक्षाको व्यवस्था गरिने छ ।

    ११. सर्वसुलभ यातायातको व्यवस्था गरिने छ ।

    १२. बार्षिक रुपमा अभिभावक सम्मान कार्यक्रम गरिने छ ।

    १३. गुनासो तथा सुझाव पेटिकाको व्यवस्था गरी गुनासो सुनुवाई तथा सुझाव कार्यान्वयनको व्यवस्था गरिने छ ।

    १४. अति विपन्न वर्गका दलित, जनजाति एवम् अन्य विद्यार्थीहरुको लागि विद्यालय पोशाक साथै शैक्षिक सामाग्रीको व्यवस्था गरिने छ ।

    १५. शिक्षक, कर्मचारी सम्मान, अध्ययन भ्रमण तथा सेवा सुविधामा पुनर्मूल्याङ्कन गरिने छ ।

    १६. केरवानी मा. बि. लाई यस क्षेत्रको उत्कृष्ट नमुना विद्यालय बनाइने छ ।

    १७. सुविधा सम्पन्न शौचालयको व्यवस्था गरिने छ । 

    १८. विद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री मापदण्डका आधारमा विकास गरिने छ ।

    १९. अतिरिक्त क्रियाकलापको साप्ताहिक रुपमा व्यवस्था गरिने छ र रेडक्रस तथा बाल क्लवलाई सक्रिय बनाइने छ । 

    २०. विद्यालयमा खेल मैदान र खेल सामग्रीको उचित व्यवस्था गरी विद्यार्थीको शारीरिक तथा सवेगात्मक विकासमा जोड दिइने छ । 

    २१. विद्यालयको प्रशासनिक सेवा र आर्थिक कारोवारलाई चुस्त, दुरुस्त तथा पारदर्शी बनाइने छ ।

    २२. कम्प्यूटर ल्याव, लाइब्रेरी र विज्ञान प्रयोगशालालाई आधुनिकीकरण गरिने छ ।

    २३. विद्यालयको चमेनागृह सर्वसुलभ र स्तरीय रुपमा विकास गरिने छ । 

    २४. कृषि (प्राविधिक वाली विज्ञान) तर्फको शिक्षण सिकाइमा विद्यार्थी आकर्षण बढाउनको लागि कमाउँदै पढ्दै कार्यक्रम लागु गरिने छ । 

    २५. विद्यालयको जग्गाको उचित संरक्षण तथा उपयोग गरिने छ ।

    २६. विद्यालयका संस्थापक, पूर्व वि. व्य. स., विद्यालयमा विशेष योगदान पुयाउने शिक्षा प्रेमी, समाज सेवी एवम् चन्दादाताको सम्मान गरिने छ ।

    २७. समस्त विद्यालयको वातारणलाई स्वच्छ, शान्त र वालमैत्री बनाइने छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।