Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाले बनायो पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति

रास्वपाले बनायो पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति

images
  • रास्वपाले बनायो पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई उपसमिति गठन गरेको छ ।

    images
    images
    images

    आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।  

    images
    images
    images

    आजको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ । यस उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता झाले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको छ । यस उपसमितिको सदस्यहरू पनि पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता झाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।