Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपा समानुपातिक विवाद : डा. अरनिको पाँडेले पनि फिर्ता लिए उम्मेदवारी

रास्वपा समानुपातिक विवाद : डा. अरनिको पाँडेले पनि फिर्ता लिए उम्मेदवारी

images
  • रास्वपा समानुपातिक विवाद : डा. अरनिको पाँडेले पनि फिर्ता लिए उम्मेदवारी
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द विवादपछि उम्मेदवारले नाम फिर्ता लिनेक्रम जारी रहेको छ ।

    images
    images
    images

    पछिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पाँडेले भनेका छन्- म सँधै देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रिय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएं । मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरुलाई फेरि एकपटक धन्यवाद दिंदै रास्वपालाई आउँदो चुनावमा जिताउने तिर ध्यान दिनेछु ।

    images
    images
    images

    रास्वपाको समानुपातिक सूचीमा सेलिब्रेटीलाई स्थान दिएको र संबिधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वको मर्म विपरितका उम्मेदवार सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भएपछि उम्मेदवारहरुले नाम फिर्ता लिइरहेका छन् ।

    images
    images
    images

    यसअघि टासी शेर्पा, गायिका त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।