बुटवल । प्रेस सेन्टर नेपाल रुपन्देही शाखाका अध्यक्ष कमल रायमाझीलाई मातृशोक परेको छ । ओमसतिया गाउँपालिका वडा न. ४, रुपन्देही निवासी पत्रकार रायमाझीका माता रुपकला रायमाझीको मिति २०७८ फागुन १ गतेका दिन ७६ वर्षको उमेरमा निधन हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सहसचिव र भैरहवाबाट प्रकाशित हुने लुम्बिनीखबर पत्रिकाका सम्पादक समेत रहेका पत्रकार रायमाझीलाई परेको मातृशोकमा प्रेस सेन्टर नेपाल रुपन्देही शाखा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखा लगायतका संघ संस्थाले शोक वक्तव्य जारी गरेर दु:ख व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology