Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाबाट उम्मेदवारका आकांक्षीहरुलाई पार्टीको निर्वाचन आचार संहिता पालना गर्न निर्देशन

रास्वपाबाट उम्मेदवारका आकांक्षीहरुलाई पार्टीको निर्वाचन आचार संहिता पालना गर्न निर्देशन

images
  • रास्वपाबाट उम्मेदवारका आकांक्षीहरुलाई पार्टीको निर्वाचन आचार संहिता पालना गर्न निर्देशन
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरुलाई पार्टीको निर्वाचन आचार संहिता पालना गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    उम्मेदवार छनोट सिफारिस उपसमितिले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार-प्रसार गरेको देखिन आएको भन्दै यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार-प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन दिएको छ ।

    images
    images
    images

    साथै उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

    images
    images
    images

    प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिका बाट प्रचार-प्रसार गर्न सकिने समितिले स्पष्ट गरेको छ । पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता तथा यस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सदस्यहरूमा अनुरोध गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।