Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मोदीले ट्रम्पसँग कुरा नगरेका कारण व्यापार सम्झौता नभएको अमेरिकी दाबी भारतद्वारा खारेज

मोदीले ट्रम्पसँग कुरा नगरेका कारण व्यापार सम्झौता नभएको अमेरिकी दाबी भारतद्वारा खारेज

images
  • मोदीले ट्रम्पसँग कुरा नगरेका कारण व्यापार सम्झौता नभएको अमेरिकी दाबी भारतद्वारा खारेज
    images
    images

    काठमाडौँ । भारतले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको दाबीलाई झूटो भनेर खारेज गरेको छ ।

    images
    images
    images

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मा आठ पटक कुरा गरेको जानकारी दिदै प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष कुरा नगरेका कारण भारत-अमेरिका व्यापार सम्झौता हुन सकेन भन्ने अमेरिकी वाणिज्य सचिव लुटनिकको दाबीलाई झूटो भनेर खारेज गरेका हुन् ।

    images
    images
    images

    विदेश मन्त्रालयको साप्ताहिक मिडिया ब्रीफिंगमा उनले भने- 'हाम्रा प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पले २०२५ मा आठ पटक फोन वार्ता गरेका थिए, जसको क्रममा दुई नेताहरूले हाम्रो व्यापक साझेदारीको बारेमा छलफल गरेका थिए ।'

    images
    images
    images

    अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको टिप्पणीको बारेमा, रणधीर जयसवालले भने- 'हामीले यी टिप्पणीहरू देखेका छौं । भारत र अमेरिका गत वर्ष फेब्रुअरी १३ देखि द्विपक्षीय व्यापार सम्झौताको वार्ता गर्न प्रतिबद्ध छन् । त्यसबेलादेखि, दुई पक्षले सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतामा पुग्न धेरै चरणका वार्ताहरू गरेका छन् । धेरै अवसरहरूमा, हामी सम्झौताको धेरै नजिक पुगेका छौं ।'

    उनले टिप्पणीहरूका विवरण गलत भएको र दुई पूरक अर्थतन्त्रहरू बीच पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई निष्कर्षमा पुर्‍याउन तत्पर रहेको बताएका छन् ।

    प्रवक्ता रणधीर जयसवालले अमेरिकाले भारतविरुद्ध ५०० प्रतिशत कर लगाउन सक्ने कानुन बनाउन लागेको विषयमा जानकार रहेको बताए । उनले भने- 'हामीलाई प्रस्तावित विधेयकको बारेमा थाहा छ र यस विषयमा विचार गरिरहेका छौं ।' 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # मोदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।