बुटवल । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनबाट अध्यक्षमा गुमानसिह कुवर निर्वाचित भएका छन्।
नेकपा एमालेका कुंवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतकाे गठबन्धनका प्यानलका माेतिलाल ढकाललाई पराजित गर्दै बिजयी भएका हुन ।
कुवरसंगै अधिकांश पदहरुमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवारहरु बिजयी भएका छन्।
यसरी निर्वाचित हुनेहरुमा उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे,कोषाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली तथा सदस्यहरुमा चक्रपानी न्यौपाने, अनिता कुवर,उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी,रिमबहादुर ढेगा , विष्णु प्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology