Logo

२०८३, श्रावण ३०गते


images
images

रौतहटमा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनामा रास्वपा ले के भन्यो ?

रौतहटमा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनामा रास्वपा ले के भन्यो ?

images
  • रौतहटमा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनामा रास्वपा ले के भन्यो ?
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा पार्टीको उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।

    images
    images
    images

    महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन दिएका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं ।'

    images
    images
    images

    बिहीबार दिउँसो रौतहट-२ बाट प्रतिनिधि सभामा रास्वपाका उमेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका-४ मठियाकी चार वर्षिया अल्फा खातुनको मृत्यु भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।