Logo

२०८३, श्रावण ३०गते


images
images

रुपन्देहीका २६ स्थानमा रास्वपाको चुनावी सभा, सभापति लामिछानेले सम्बोधन गर्दै

रुपन्देहीका २६ स्थानमा रास्वपाको चुनावी सभा, सभापति लामिछानेले सम्बोधन गर्दै

images
  • रुपन्देहीका २६ स्थानमा रास्वपाको चुनावी सभा, सभापति लामिछानेले सम्बोधन गर्दै
    images
    images

    देवदह । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चुनावी अभियानमा रुपन्देही आएका छन् । जिल्लाका पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा उनले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । 

    images
    images
    images

    सोमवार जिल्लाको क्षेत्र नं १ अन्तरगत पर्ने देवदहको खैरेनीमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले फागुन २१ गते चुनाव देशले जित्ने निर्वाचन हुने बताए । 'दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर यो देशले जित्ने निर्वाचन हो ।' लामिछानेले भने । 

    images
    images
    images

    रास्वपामा बालेन्द्र साह 'बालेन'को  टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाडफाड भएको बताए । 'हामीले पद बाढेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ ।' उनले भने,  'अबको पाँच वर्ष एउटै, सभापति, एउटै प्रधानमनत्री र एउटैसरकार हुनेछ ।' 

    images
    images
    images

    सभापति लामिछानेले आफुहरुले घोषणापत्र नभइ काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरु आफुहरुले पुरा गर्ने प्रतिबद्धता जनाए । 

    देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरिय अभियान लुम्बिनी पुगेर समापन हुने र लामिछाने कपिलबस्तु प्रवेश गर्ने पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।