Logo

२०८३, आश्विन १०गते


images
images

किसानलाई आएको अनुदान गैरकिसानले खोस्ने समस्याको अन्त्य गर्नुपर्छ : नगर प्रमुख खत्री

किसानलाई आएको अनुदान गैरकिसानले खोस्ने समस्याको अन्त्य गर्नुपर्छ : नगर प्रमुख खत्री

images
  • किसानलाई आएको अनुदान गैरकिसानले खोस्ने समस्याको अन्त्य गर्नुपर्छ : नगर प्रमुख खत्री
    images
    images

    देवदह । देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले किसानलाई आएको अनुदान गैरकिसानले खोस्ने समस्याको अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार ढेकावर जल उपभोक्ता समितिको २०औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख खत्रीले किसानलाई आएको पैसा किसानकै खल्तीमा पुर्याउन अहिले पनि चुनौती रहेको बताएका हुन् ।

    images
    images
    images


    अनुदान प्राप्ति र त्यसको उपभोग गर्ने सवालमा समस्या कायम रहेसम्म वास्तविक किसानप्रती न्याय नहुने उल्लेख गर्दै खत्रीले उक्त कार्यमा कृषकहरूले नगरपालिका जस्ता संस्थाहरूसंग सहकार्य गर्नुपर्नेमा जोड दिए । देवदह नगरपालिकाले आधुनिक र प्रविधिमा आधारित कृषीमा जोड दिएको बताउँदै उनले कृषकहरू समूहगत रुपमा कृषि उत्पादनमा जोडिन चाहेमा त्यसको लागि आवश्यक प्रविधी, विउविजन र अन्य कुरामा समेत शत प्रतिशतसम्म अनुदान उपलब्ध गराउन नगरपालिका तयार रहेको बताए ।

    images
    images
    images


    कार्यक्रममा बोल्ने अन्य वक्ताहरू दल बहादुर थापा र यम बहादुर आलेले नगरपालिकाको ध्यानाकर्षण गराउँदै प्लटिङ्गको कारण कृषि उत्पादनमा समस्या आएको प्रशङ्गमा बोल्दै प्रमुख खत्रीले देवदहमा अनुमती विना जग्गा प्लटिङ्ग गर्न नपाईने र अनुमती नै लिएर गरेको भए पनि प्लटिङ्गका बाटो आदिले कृषियोग्य जमीनमा पानी जम्ने लगायतको समस्या सिर्जना हुने भएकोले त्यसबारेमा नगरपालिका सचेत रहेको बताए । 

    images
    images
    images


    पशुपालनमा योगदान पुर्याउन कृषि पाठशाला जस्ता कार्यक्रम गरिएको उल्लेख गर्दै उनले देवदहले मुलुकमै पहिलो पटक अमेरिकी सेक्स सेमेन ल्याएर पशुको नश्ल सुधारमा काम गरिरहेको दावी गरे । 


    ढेकावर जल उपभोक्ता समूह देशकै उत्कृष्ट जल उपभोक्ता समूह रहेकोले यसको स्तरोन्नतिका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने खत्रीले बताए ।


    कार्यक्रममा संस्थाका अध्यक्ष जागेश्वर पंगेनीले वार्षिक प्रतिवेदन  पेश गरेका थिए  । जसमा २०५६ सालमा स्थापित नलकुप २०६४/६५, ०६५/६६ र २०७३ मा देशकै उत्कृष्ट नलकुपको रुपमा सम्मानित भएको उल्लेख गरेका छन् । १ हजार घण्टाभन्दा वढी चल्ने नलकुपलाई उत्कृष्ट भनिने जानकारी दिंदै अध्यक्ष पंगेनीले ढेकावर जलकुव १ हजार ४ सय घण्टा बढि चलेको प्रतिबेदनमा उल्लेख गरेका छन् ।

    साथै, प्लटिङका कारण कृषियोग्य जमिन पोखरीमा परिणत भएको, कृषकलाई बेला बेलामा दिईदै आएको तालीमहरू रोकिएको र संस्थाको आर्थिक विकासमा सम्बन्धित निकायले ध्यान पुर्याउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।