काठमाडौं । निर्वाचन आयोगले दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरिएको भनिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्टीकरण सोधेको छ ।
आयोगले रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै ओलीविरुद्ध नाराबाजी गरेको भन्ने विषय सार्वजनिक भएपछि पार्टी सभापतिको नाममा स्पष्टीकरण सोधेको जनाएको छ । आयोगले २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
आयोगका अनुसार तुलसीपुरमा भएको भनिएको घटनाको वास्तविक अवस्था के हो, एमालेको झण्डा जलाउने कार्य भएको हो वा होइन, तथा अध्यक्ष ओलीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्नेबारे स्पष्ट र तथ्यगत जवाफ दिनुपर्ने उल्लेख गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology