Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको रोहिणी नदिमा अबैध उत्खनन्, सबैको मिलेमतोमा चोरी हुने गरेको स्थानीयको आरोप

देवदहको रोहिणी नदिमा अबैध उत्खनन्, सबैको मिलेमतोमा चोरी हुने गरेको स्थानीयको आरोप

images
  • देवदहको रोहिणी नदिमा अबैध उत्खनन्, सबैको मिलेमतोमा चोरी हुने गरेको स्थानीयको आरोप
    images
    images

    देवदह । देवदहमा नदिजन्य  पदार्थको अबैध उत्खनन र तस्करी हुने गरेको पाईएको छ । नगरको वडा नं. ११ स्थित रोहिणी नदि किनारबाट दिनहुँ नदिजन्य पदार्थको उत्खनन र तस्करी हुँदै आएको स्थानीय बताउँछन् ।

    images
    images
    images

    मंगलबार अबैध उत्खनन हुने स्थानमै वडाध्यक्ष र पत्रकारको उपस्थितिमा स्थानीय रुवास गुप्ता लगायतले नदिबाट दिनहुुँ चोरी निकासी हुँदा समेत सरोकारवाला निकाय मौन बसेको आरोप लगाए । आफ्नो गुनासो पत्रकारमाझ राख्न जम्मा भएको स्थानीयको ठूलो समुहले निर्वाचन आएको र भोटको कारण स्थानीय राजनीतिक नेतृत्व समेत उक्त कार्यमा मौन बसेको भन्दै वडाध्यक्षकै अगाडि आपत्ति जनाए ।

    images
    images
    images

    received_489550339279264.jpeg
    सोही स्थानमा उपस्थित केही ट्र्याक्टर संचालकहरूले समेत अबैध उत्खनन हुने गरेको स्विकार्दै उक्त कार्य सबैको मिलेमतोमा हुने बताए । स्थानीय तह र धकधई इलाका प्रहरी कार्यालय तर्फ इंकित गर्दै स्थानीयले नगरपालिका र प्रहरीले चाहे अबैध निकासी रोकिन सक्ने भन्दै सबैको मिलेमतोमा उक्त कार्य हुँदै आएको आरोप लगाएका छन् ।

    images
    images
    images

    नदि किनारमै उपस्थित भएका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर चौधरीले समेत चोरी निकासी हुने गरेको स्विकार गर्दै रातको समयमा चोरी हुने भएकोले रोक्न गाह्रो हुने गरेको बताए । यसबारे आफुले कार्यपालिकामा समेत कुरा उठाएको उल्लेख गर्दै चौधरीले यसप्रकारको अबैध उत्खनन रोकिनुपर्नेमा आफुले पनि जोड दिंदै आएको बताए ।received_463520942229841.jpeg

    यसबारे धकधई इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद बेल्वासेसङ्ग कुरा गर्दा नदिजन्य पदार्थको चोरी निकासी जस्तो अपराधीक कार्यमा प्रहरीको मिलेमतो हुनै नसक्ने बताए । आफू कार्यालय प्रमुखको रुपमा धकधइ इलाका प्रहरी कार्यालयमा आएको १५ दिन मात्रै भएको उल्लेख गर्दै बेल्वासेले १ हप्ताको विचमा ४ ट्र्याक्टर र २ टिप्पर पक्राउ गरि ३०-३० हजार जरिवाना गराएको बताए । 

    आफू कार्यालय प्रमुख भएर आएपछि यसप्रकारको चोरी निकासीबारे अध्ययन गरेको र अध्ययनका क्रममा धेरै जसो स्थानीयको घरमा नदिजन्य पदार्थ थुपारिएको पाईएकोले त्यसबारे देवदह नगरपालिकालाई जानकारी गराईसकेको उनको भनाइ छ । 

    यसप्रकारको चोरी निकासीबारे जनप्रतिनिधिहरूले पनि अनुगमन गरि स्थानीयलाई बुझाउन सकेको खण्डमा अबैध निकासी रोक्न सहज हुने बेल्बासेको बताउँछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।